<

 

८ साउन, महोत्तरी 

जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको बिषयमा मधेश प्रदेश सरकारले चासो देखाएको छ  ।

जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाँउको थप अध्यन गरी पुरातात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले वताए ।

होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेशले सोमवार आयोजना गरेको घुमौ मधेश, बुझौ मधेश भन्ने कार्यक्रममा स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले १० हजार बर्ष पहिला मानवको चहलपहल रहेको बिषय निक्कै रोचक रहेको प्रतिक्रिया दिए ।

पुरातात्विक महत्वका  हिसावले महत्वपूर्ण भएको बताउदै यसलाई संरक्षण गर्न स्थानीय सरकारले समेत योजना वनाउनुपर्नेमा  मुख्यमन्त्री सिंहले जोड दिए ।

सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइ कर्विन्सले  रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्य पाषण युगका हतियारहरु भेटिएपछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको निष्कर्ष निकालेकी थिइन । जुन युग १० देखि १२ हजार बर्ष पहिलाको मानिन्छ ।

उन्ले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता भियतनामको सभ्यतासँग मिल्दोजुल्दो भएको र भारतिय सभ्यतासँग कुनै मेल नखाएको पुष्टि गरेकी थिइन ।

कार्विन्सले किताबमा उल्लेख गरेअनुसार ढुंगा, हड्डी वा काठबाट एकातिरको भाग धारिलो बनाएर बनाइएको साना हतियार, ढुंगाका टुक्राहरु हजारौ संख्यामा भेटिएका थिए । तिनीहरुलाइ ३० देखि ७० सेन्टिमिटर मुनि राता माटामा उत्खनन् गर्दा सजिलै भेटिए । अर्को रहस्य त के थियो भने हतियारहरुको स्वरूप भारतमा मध्य पाषण युगमा पाइएका जस्ता थिएनन् । यिनीहरु भियतनाममा पाइएजस्ता भएको हुनाले यांहाका मानवहरु भारततर्फबाट आएको दावी गरे पनि दक्षिणपूर्व तर्फबाट आएका थिए भन्ने संकेत गर्ने पनि उल्लेख गरिएको छ ।

पर्यटकीय गन्तव्यहरुको खोजी गर्ने उदेश्यले होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशले आयोजना गरेको स्थलगत अनुगमनमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले पनि पाटुको पुरानो मानव सभ्यताको बिषयमा चासो देखाएका छन । नेपालमा पहिलो पटक रेकर्ड भएको १२५५ को शक्तिशाली भूकम्पले समेत  यस क्षेत्रको चुरे पहाड १० फिट माथी उठेको तथ्यहरु फेला परेका छन । यी विवध कारणले पनि यस ठाँउलाई मधेश कै पुरातात्विक केन्द्रकोरुपमा विकास गर्न प्रयास गर्ने मन्त्री मियाँले वताए  ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0