<

तनहुँ ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0