<

काठमाडौँ ।

श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् ।

प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै सोमबार  गौतम गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ कि उनले टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् भन्ने देखाएको छ । मलाई लाग्छ दुबैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ ।’ उनले भने ‘दुवै धेरै उत्प्रेरित छन् र २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । यो उनको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिन कि उनीहरुमा कति क्रिकेट बाँकी छ तर यो पूर्णतया उनमा निर्भर छ ।’

गम्भीरले विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी रहेको र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0