<

 

काठमाडौं, १३ जेठ ।

पछिल्ला २४ घन्टामा थप पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ ।

 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने सो सँगै कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0