<

 

काठमाडाैं, १३ जेठ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले आविष्कार गरेको विषय नभइएको कुसल रूपमा ह्याण्डलमात्रै गरेकाे बताएका छन् । शनिबार संसदमा उनले नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।

‘नक्कली भुटानी शरणार्थी पहिलेदेखि चल्दै आएको रहेछ ।  सरकारल आविष्कार गरेको विषय पनि होइन । ह्याण्डल कसरी गर्ने भन्ने चुनौती थियो । कोही पनि दोषी नछुटुन कोही निदोष नफसुन भन्ने निर्देशन गृह मन्त्रालय माताहतलाई दिएको हो । अहिले पनि त्यही हो,’ उनले भने, ‘अब यो विषय अदालतमा पुगेको विषय भयो । अदालतले दूधको दूध पानीको पानी गर्ने कुरामा हामी सबैलाई विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0