<

 

रौतहट,जेठ १२ गते

हाकिमको किर्ते हस्ताक्षर गरेको आरोप लागेका गरुडा नगरपालिकाका कर्मचारी रामनारायण सहनीको निर्दोष रहेको परिवारजनले दाबी गरेका छन् । उनीहरुले नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभाहलमा शुक्रवार दिउँसो पत्रकार सम्मेलन गरी सहनी निर्दोष रहेको बताउँदै निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सहनीको परिवारजनले किर्ते हस्ताक्षर गरेको आरोप आधारहीन रहेको बताएका छन् । छठपर्वको बेला आफनो श्रीमानको नाममा नगर प्रमुख कन्थमनी जयवालले दाउरा, सिपुली र साडी वितरण गर्न ५ लाख रुपैयाँ पेश्की निकासा गराएको रामनारायण सहनीको पत्नी लालवती देवीले बताइन् ।

उनले भनिन् सोही पेशकी रकमको फर्छयौट गर्नको फाइल लिएर जादा हाकिम भुदेव झाले १० प्रतिशत कमिसिन माग गरेको र नदिदा किर्ते हस्ताक्षर गरेको भनि झुठा आरोप लगाइ फसाएको आरोप लगाएका छन् ।

एक जना कार्यालय सहयोगीले फाइल हस्ताक्षर गराइ ल्याएर दिएको र सो फाइल बुझाउन जादाँ प्रहरी आफनो निर्दोष पतीलाइ पक्रेर लगेको उनले दुखेसो पोखिन् । उनले भनिन् आफूहरु गर्दै नगरेको खर्चको कमिसन कहाँ बाट दिनु ।

कमसिन नदिदाँ षडयन्त्रपूर्वक आफनो श्रीमान् लाइ फसाइयो । यता प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले आफूले कुनै किमिको कमिसन माग नगरेको बताएका छन् । आफनो किर्ते हस्ताक्षर भएछि प्रहरीलाइ खबर गरेको बताए ।

यता नगर प्रमुख कन्थमनी जयसवालले भने रामनारायण सहनीले किर्ते हस्ताक्षर गरेको भनि आफू,हाकिम,योजना शाखा प्रमुख र लेखाप्रमुख समक्ष स्विकार गरेको बताए । उनले यस अघिको स्थानिय सरकारमा पनि यस्तै किसिमको नक्कली हस्ताक्षर गरेको खुलासा गरे ।

मेयर जयसवालले भने पेशकी निकासा भएको योजनाको बिल भर्पाइ हुँदाहुदै पनि किर्ते हस्ताक्षर गर्नुको कुनै औचित्य नरहेको बताए ।

घटनाबारे सत्य तथ्य छानबिन हुनुपर्ने उनको भनाइ छ । हाकिमको किर्ते हस्ताक्षर गरी बिल पास गराउन खोजेको भन्दै रौतहटको गरुडा नगरपालिका कार्यालय गरुडामा कार्यरत कर्मचारी सहनीलाइ प्रहरीले पक्राउ गरेको थियो । नगरपालिका कार्यालयमा पोषणसम्बन्धी शाखामा सहनी कार्यरक्त कर्मचारी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
0
+1
0