<

मोरङ ।

बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0