<

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नारायणगढ-मुग्लिन सडकमा पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका दुई यात्रु बस खोज्न पाँच सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जानकारी गराएका छन् ।

गृहमन्त्री लामिछानेले बाढी र पहिरोको जोखिम भएका क्षेत्रमा रेड अलर्ट जारी गरि ति स्थानहरुमा रात्री बस संचालन नगर्न यातायात व्यवस्था बिभागलाई निर्देशन दिएको जानकारी दिएका छन् ।

लामिछानेले दुई यात्रु बस पहिरोले बगाएको प्रति दुख व्यक्त गर्दै सो सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मीहरु परिचालन गरिएको जानकारी गराएका छन् ।

उनले संसदमा पछिल्लो २४ घण्टामा बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । साथै लामिछानेले विपदबाट राहत र उद्धारको काम सरकारले तिब्ररुपमा गरिरहेको संसदमा जानकारी गराएका छन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0