<

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरोका कारण अवरुद्ध सडक अहिले एकतर्फी संचालनमा रहेको र पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले दुइतर्फी सडक खुलाउन हुन केही समय लाग्ने बताइएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0