<

 

सिमरा, १२ जेठ

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपति देवी थरुनीको शुक्रबार निधन भएको छ ।

पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।

जीतपुरसिमरा-१४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0