<

 

रौतहट- रौतहटको दक्षिणीभेग भारतीय सीमामासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।

इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

इशनाथ २ औरेयास्थित गेटअगाडि आँपको बगैंचामा युवक घाइते अवस्थामा देखेर गए राति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर गुप्ताको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट औरेयाबाट इन्स्पेक्टर दिलबहादुर महराको कमाण्डमा सात जनाको संयुक्त घटनास्थलमा पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।

जघन्य किसिमले युवकको हत्या गरिएको उनले बताए। राति नै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीसहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको थियो।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मंगलबार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् र उनीहरू लागुऔषध प्रयोगकर्ता हुनसक्ने अनुमान गरिएको छ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भारतीय सीमासँग जोडिएको रौतहटका गाउँहरूमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गएको पाइएको छ।

गरीब तथा विपन्न परिवारका आमाबाबु खेतबारीमा काम गर्न गएको समय उनको छोराहरू भारतीय बजार पुगेर त्यहाँबाट सस्तो नशालु ट्याबलेटदेखि गाँजासमेत ल्याएर प्रयोग गर्नेगरेको स्थानीयहरूले बताएका छन। लागुऔषध प्रयोगकै कारण पछिल्लो समयमा जिल्लामा आपराधिक क्रियाकलापमा बृद्धि भएको जानकारहरूले बताएका छन्।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0