<

 

सत्येन्द्र प्रताप सिंह, असार २४

रौतहट जिल्लाको यमुनामाई गाँउपालिकामा एक युवतीको शव खोलामा फेला परेको छ । यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी १५ वर्षिया युवतीको शव फेला परेको बडहर्वा प्रहरी चौकीले जनाएको हो ।Open photoसोमबार बिहान स्थानियले खोलामा युवतीको शव देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।Open photo पानीमा शव रहेको भन्ने सूचना आए पछि संचारकर्मीको फेसबुक स्टेटसबाट समाजिक संजालमा फोटो राखे पछी मृतकको सनाखत खुलेको हो मृतक युवती रौतहटको माधवनारायण नगरपालिका वडा नं ५ का होरिल बैठाको १५ वर्षिय छोरी फूलमन्ती कुमारी बैठा रहेको मृतकका आफन्त बुवाले जनाए।Open photo मृतक युवतीले आफ्ना घरबाट तिन दिन देखि हराई रहेको हुँदा तिन दिन पछि मृत्यु भई गाउँ नजिक रहेको झाझनदीमा शव फेला परेको छ। उक्त शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।Open photo यता सोमबार बिहानै रौतहटको गरुडा नगरपालिका ५ मह्मदपुरका २२ वर्षिय अनिल यादव घर नजिकैको पोखरीमा डुबेको भन्ने खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणबाट खटिएको टोलीले उनको खोजी कार्य गरि रहेको छ ।Open photo छारे रोगका बिरामी रहेका यादव बिहान शौचालय गर्न नजिकैको तलाउ तर्फ गएको र सो तलाउको किनारमा निजले लगाएको गमछा भेटिएकोले उनी तलाउमा डुबेको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको हो ।Open photo यसैगरी हिजो माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षिय एक पुरुषको शव फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0