राैतहट,१६ गते असार । जिल्ला प्रहरी कार्यालय रौतहटले चालु महिनामा मात्र २४ लाखभन्दा बढीको तस्करीको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले गत असार १ देखि १५ गतेसम्म विभिन्न ठाउँबाट भन्सार छली, चोरी निकासी तथा चोरी पैठारीका सामानहरु बरामद गरी भन्सार कार्यालय गौरलाई बुझाएको हो । गत दुई हप्तामा रौतहट प्रहरीले लत्ताकपडा, सबारी साधन र अन्य गरी ७ लाख ०३ हजार ५७९ रुपैया बराबरको सामान बरामद गरी भन्सार चलान गरेको छ । यसै गरी किराना तथा खाद्यान्न लगायतका सामान ३ लाख ०१ ह्जार ९३० रुपैयाको बरामद गरी भन्सार भएको छ । यसै गरी प्रहरीले ८ लाख ५० हजार रुपैयाको अबैध सुपारी तथा ६ लाख ०४ हजार ८०० रुपैया बराबरको औषधि बरामद गरी भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता डिएसपि एलिजा गिरीले गत १५ दिनमा २४ लाख ६० हजार ३०९ रुपैया बराबरको विभिन्न सामान बरामद गरी भन्सार चलान गरिएको बताएकी छन् । नेपाल भारत सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले भन्सार छलीका सामानहरु निरन्तर बरामद गरिरहेका छन् ।
<
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1