<

आरके श्रीवास्तव,राैतहट,१४ गते असार ।
स्वास्थ्यको क्षेत्रमा प्राविधिक काम गरेको भन्दै एक कर्मचारीलाई मधेश प्रदेशको स्वास्थ्य मन्त्री तथा स्वास्थ्य राज्यमन्त्रीले सम्मानित गरेका छन् । रौतहट जिल्लालाई पूर्ण खोप घोषणा गराउनको लागि खोप राखिने फ्रिजको मर्मत तथा सम्भार गर्ने काममा अत्यन्त महत्वपूर्ण योगदान दिएको भन्दै मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा कार्यक्रममा प्राविधिकलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेमा रौतहटको कटहरिया नगरपालिकामा कार्यरत सिअहेव मदनप्रसाद यादव रहेका छन् । यादवले प्रदेशको आठओटै जिल्लाका सम्पूर्ण पालिकाको फ्रिज मर्मत गर्दै आएका थिए । यादवले कोल्ड चैन इकुपमेन्ट तालिम लिएर फ्रिज मर्मत गर्ने काममा सक्रिय भएका थिए ।


प्राविधिक क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुधन सिंह र स्वास्थ्य राज्यमन्त्री केशव रायले जनकपुरस्थित मसला कटेजमा आयोजित कार्यक्रममा सम्मानित गरेका हुन् । सम्मानित भएपछि यादवले आफू गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । आफ्नो जीवनको एउटा मुख्य उपलब्धि हो भन्दै प्राविधिक यादवले खुसी प्रकट गरेका छन् । साथै यस कार्यमा विशेष सहयोग गर्नु भएका कटहरिया नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक दिनेश प्रसाद यादवलाई उनले धेरै धेरै धन्यवाद ज्ञापन गरेका छन् ।
यससँगै मधेश प्रदेश पूर्ण खोप घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0