<

रौतहट,१२ गते असार । कटहरिया – रौतहटको कटहरियामा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । सो नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज देखि शिविर सुरु भएको हो । दुुइ दिन सम्म चलने प्रजनन स्वास्थ्य शिविरको पहिलो दिन उदघटान समारोह आयोजन गरिएको थियो । Open photoशिविर बुुधवार र विहिवार दुुइ दिन चल्नेछ । उदघाटन समारोह कार्यक्रमलाइ सम्बोधन गर्दै कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले रोग लाग्नुभन्दा अगाडी नै चेकजाँच गरि सुरक्षित रहनु स्वास्थ्यको लागि फाइदाजनक हुने भएकोले यो शिविरको आयोजन गरिएको बताए । यस बाट नगरभरिका महिलाहरु राम्ररी लाभान्वित हुनेछन् भने आफूलाइ पूर्ण विश्वास रहेको बताए । Open photoशिविरलाइ सफल पार्न सबैले सहयोग गर्नुुपर्नेमा जोड दिएका थिए । नगर प्रमुख जयसवालले नगरवासीको स्वास्थ्यको मध्यनजर गरि यो प्रजनन स्वास्थ्य शिविर आयोजन गरिएको उनको भनाइ थियो । कटहरिया नगरपालिकाको आयोजना र ए.डि.आर.ए बागमती सेवा समाज नेपालको आर्थिक सहयोगमा महिलाहरुको निम्ति प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर जारी रहेको छ । Open photoअसार १२ र १३ गते संचालित हुने उक्त शिविरमा कटहरिया नगरपालिकाका नगर प्रमुख जयसवाल सँगै वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महतो कोइरी,वडा नमबर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चौधरी,स्वास्थ्य संयोजक शंकर प्रसाद यादव,सह संयोजक दिनेश प्रसाद यादव,सबै स्वास्थ्य चौकीका इन्चार्ज,स्वास्थ्य स्वंयम्सेवीका लगायतका व्यक्तीहरु सहभागी थिए ।Open photo यस्तै स्त्रीरोग रोग विशेषज्ञ डा.निभुु साह, बागमती सेवा समाजका मनोपरामर्शदाता पुनम भट्टराइ,आडरा,बागमती सेवा समाज,कटहरिया पिएचसीका स्वास्थ्यकर्मीहको टिम लगायत सहभागी थिए । शिविरमा २५८ जना महिलाहरुलाई जाँच गरिएको थियो । जसमध्ये पाठेघर खसेको स्क्रिनिङ्ग १६८ जना लाइ गरियो जसमध्ये ६ जना पोजिटिभ देखिएको । भिआइए ८ जना,परिवार नियोजनको सेवा लिने ५४ जना रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0