<

मधेश ब्यूरो, १२ गते असार । रौतहट जिल्ला पूर्ण खोप सुनिश्चितता घोषण भएको छ । बुधबार गरुडामा एक कार्यक्रमका बिच जिल्लामा रहेको १८ वटा स्थानीय तहहरूले पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगो पन पालिका घोषण सम्पन्न भएपछि रौतहट जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगो पनि जिल्ला घोषण भएको हो । जिल्लामा रहेका १८ वटा स्थानीय तहले जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले पूर्णखोप लगाएसँगै रौतहट जिल्ला खोप सुनिश्चितता जिल्ला घोषण गरिएको हो । मधेश प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री केशवरायको सहभागितामा बुधबार जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन प्रमाणीकरण घोषण कार्यक्रममा पूर्णखोप सुनिश्चतको प्रमाणपत्र रौतहटले पाएको छ । रौतहट जिल्लामा कुनै पनि बालबालिका पूर्णखोप लगाउन बाँकी नरहेको स्वास्थ्य कार्यालय रौतहट प्रमुख बिपिन साहले जानकारी दिएका हुन् । बालबालिकाले बिसिजी, रोटा, पिसिभी, डिपिटी, हेप– बि, एपआइपीभी, पोलियो दादरा, रुबेला, जापनिज जेइ लगायत १३ प्रकारका खोप लगाएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । कार्यक्रममा पूर्णखोप सुनिश्चितता घोषण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने १८ पालिकाका लाई सम्मान पत्र र प्रशंसापत्रले सम्मान गरिएको छ । अतिथीहरुलाइ पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0