<

राैतहट,१५ गते असार । राैतहटकाे कटहरिया नगरपालिकामा न्यायिक समितिहरूकाे क्षमता विकास सम्बन्धि तालिम आज सुरू भएको छ । कटहरिया नगरपालिका नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख अतिथ्यतामा साे तालिम सुरू गरिएको थियो । नगरका न्यायिक समिति सदस्यहरू तथा शाखा प्रमुखहरूको उपस्थितिमा तीन दिने तालिम शनिबार बाट सुरु भएको छ । तालिमका विशिष्ट अतिथी कटहरिया नगरपालिकाकि उपप्रमुख रिता देवि यादव,प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान , कर्यपालिका सदस्य मनोज जयसवाल , वडा नम्बर १ का अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह,वडा नम्बर ३ का वडा अध्यक्ष श्यामाकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ७ का वडा अध्यक्ष शहिद आलम,वडा नम्बर ८ का वडा अध्यक्ष समिश विक्रम शाह लगायत कटहरिया नगरपालिकाको सम्पुर्ण न्यायिक समिति तथा शाखा प्रमुखहरूको उपस्थितिमा कार्यक्रम उदघाटन तथा सन्चालन गरिएको हाे । कटहरिया नगरपालिकाले आयोजना गरेको तीन दिने तालिममा दर्जनौं जना व्यक्तिहरूकाे सहभागिता रहेकाे थियो । गाउँ, टोल र वडा स्तरमै विवाद समाधान गर्न सकेमा नगरपालिका, अदालत, प्रशासन, प्रहरी र वकिल कहाँ धाउन पर्ने समस्या कम हुने र त्यसले समय र पैसाको बचत गर्नुको साथै आत्मीयता पनि रही रहने सहभागीहरूले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0