<

११ गते असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ पौराई स्थित सडक खण्डबाट प्रहरीले ६ लाख भन्दा बढी मुल्य बरावारको औषधि बारामद गरेको छ। प्रहरी चौकी पौराई बाट खटी गएको गस्ती टोलीले महोतरी बाट काठमाडौँ जादै गरेको मधेश प्रदेश ०३-००१ ख ७९९५ नम्बरको बस चेक जाच गर्ने क्रममा बसको डिकीमा राखेको ११ कार्टुन औषधि फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन्। डिकीमा लुकाएर लैजादै गर्दा बारामद भएको ६ लाख ४ हजार ८ सय मुल्य बरावारको औषधि राजश्व कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0