<

राैतहट,९ गते असार ।
आगजनीको घटनाको दोषीलाइ पक्राउ नगरेको भन्दै पीड़ित पक्षले आइतवार गरुडामा प्रहरीको बिरुद्ध प्रदर्शन गरेको छन । गएको जेष्ठ २७ गते रौतहटको बृन्दाबन नगरपालिका वड़ा नम्बर ४ मा रहेको वड़ा अध्यक्ष श्यामनंदन यादवको गाई फर्ममा गरिएको आगजनीको घटनामा संलग्न भएकोलाइ पक्राउ पुर्जी जारी हुदा पनि इलाका प्रहरी कार्यालयले पक्राउ गर्न नसकेको भन्दै पीड़ित पक्षका समर्थकहरुले प्रहरीको विरुद्ध चर्को नारावाजी गर्दै विरोध प्रदर्शन गरेका हुन ।
बृन्दाबन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी सहित १४ जना माथि दिएको जाहेरीको आधारमा पक्राउ पुर्जी जारी भएपनि राजनितिक संरक्षणको कारण प्रहरीले आरोपितलाइ जोगाउने प्रयास गरिरहेको पीड़ित वड़ा अध्यक्ष यादवले आरोप लगाएका छन !
बृन्दाबन नगरपालिका वड़ा नम्बर १ रमौली बैरिया बागमती नदीको गिट्टी बलुबाको टेण्डर गरिएपनि नगर प्रमुख कुर्मिले अबैध रुपमा आफ्नो भतीजोलाइ कोटेशनमा उत्खनन गर्न लगाउँदा स्थानियहरुले गरेको विरोधको रिस इबिले मेरो गाई फर्ममा आगजनी गराएको दावीको पीड़ित पक्षको रहेको छ ।
नगरपालिकाले बैशाख महीनामा करीब ३ करोड़मा ठेक्का गरेकोमा ठेकेदारलाइ उत्खनन गर्न नदीई नगर प्रमुख कुर्मीले आफ्नो समधी नाता पर्ने बैजू पटेललाइ २८ लाखमा टेण्डर दिएर उत्खनन गर्न लगाउँदा स्थानीयले त्यसको बिरोध गर्दा दुवै पक्ष विबाद भएको थियो उनले भने त्यही बिबादको कारण मेयरले आफ्नो पक्षका समर्थकलाइ पठाएर गाई फर्ममा आगो लगाएको हो । आगजनी बाट ५४ लाखको क्षति भएको जाहेरबालाको दावी रहेको छ ।
उत्खननको विबाद समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा दुवै पक्ष बिच २८ लाख बरावरको उत्खनन गर्न दिने र एकसाभेटर प्रयोग नगर्न नपाउने र त्यसको अनुगमन गर्न ४ सदस्य अनुगमन समिति बनाइएकोमा त्यसको बिपरीत कार्य गर्दा स्थानीयले अवरोध गर्दा बिबाद उत्पन्न भएको स्थानीय मुकेश यादवले बताएका छन ! जेसीबीको सत्ता हेक्साभेटर प्रयोग गरेपछि भएको बिबादमा हेक्साभेटरमा सामान्य तोड़फोड़ भएको विषयमा प्रहरीले राजनितिक दलको दवावमा आगजनीको घटनाका दोषीलाइ जोगाउन दोहोरो मुद्दा दायर गरेको यादवले बताए !
मेयर पक्षले १८ जना माथि दिएको जाहेरी प्रहरीले दर्ता गरेपछि बिबाद बल्झिएको हो ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक रामेश्वर तवतीले प्रदर्शनकारी बिच मुद्दाको बिषय लिएर कुनै किसिमको छलफल नभएको बताएका छन । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनं पत्र बुझाएर आएपछि भेटघाट मात्र भएको उनले बताए । जाहेरी दर्ताको विषयमा कुनै किसिमको प्रतिक्रिया दिन नमिल्ने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0