<

राैतहट, ९ गते असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर १ पौराई स्थित पूर्व पच्छिम महेन्द्र राजमार्गमा प्रहरीले ठूलो परिमाणमा सुपारी बरामद गरेको छ । झापाबाट नेपालगंज तर्फ जादै गरेको प्रदेश १ -०१ -००१ ख ४२९३ नम्बरको बसलाइ रोकर चेकजाच गर्ने क्रममा १ हजार किलो सुपारी बरामद गरिएको हो । नियमित चेकजाच गर्ने क्रममा बस रोकर चेकजाच गर्दा बसको पछाडि डिकीमा राखिएको ३३ बोरा सुपारी कसको हो भने शोधपूछ गर्दा कसैले दावी गर्न नसक्दा उक्त परिणाम बरावरको सुपारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिएका छन । प्रहरी चौकी पौराईबाट खटिगएको टोलीले बरामद गरेको ८ लाख ५० हजार मूल्य बरावरको १ हजार किलो सुपारी आवश्यक कार्यवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0