<

राैतहट-स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक भारतीय नागरिक फरार भएपछि दुई सरकारी निकायबिच दोषारोपण सुरु भएको छ । सशस्त्र प्रहरीले समातेर ल्याएको हुन्डी कारोबारीलाई भन्सार कार्यालयमा बुझाएको र भन्सारले नबुझेको भन्दै एक अर्को कार्यालयबिच दोषारोपणको शृंखला सुरु भएको हो । रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ७ बाट सशस्त्र प्रहरीको सरमुजवा बेस क्याम्पसले भारतीय नम्बर प्लेट बिआर ०५ बिबि ६२१२ को मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा १४ लाख ८० हजार रुपैया मोटरसाइकलको सिटमुनि फेला परेको थियो । मोटरसाइकल चालक भारत बिहारको पूर्वी चम्पारण जिल्लाको झरोखर ७ जमुनियाका ३१ वर्षीय गजेन्द्र रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर गौर चलान गरेको थियो । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयमा विहीवार दिउँसो सशस्त्र प्रहरीले हुन्डी कारोबारमा पक्राउ परेका भारतीय नागरिक गजेन्द्र रायलाई बुझाएको कागजपत्र बनाइसकेको थियो । सोही अवस्थामा शौचालय गएका भारतीय नागरिक राय कार्यालयको बाउन्ड्रीवाल हाम फालेर फरार हुन सफल भएको बताइएको छ । सशस्त्र प्रहरी बलको भनाइ छ – नगर र मोटरसाइकलसहित हुन्ड िकारोबारी गजेन्द्र रायलाई मुद्दा नम्बर ७७१ मा दर्ता गरी भन्सार कार्यालयलाई जिम्मा लगाइसकेका छौँ । गौर भन्सार कार्यालयले भने कारोबारी फरार हुनमा आफ्नो दोष नभएको जनाएको छ । सशस्त्र प्रहरीकै नियन्त्रणबाट कारोबारी फरार भएको दोषारोपण भन्सार कार्यालयको रहेको छ । गौर भन्सार कार्यालयका प्रमुख अमरेन्द्र सिंह भन्छन् – अर्थमन्त्रीज्यूको भर्चुअल मिटिङमा व्यस्त रहेको समयमा एक्कासि मानिस फरार भएको कुरा सुनेको हुँ, त्यस बेलासम्म भन्सारको नियन्त्रणमा आइसकेका थिएनन् । कारोबारीलाई समातेर ल्याएको अवस्थामा दुई सरकारी निकायका कर्मचारीको लापरवाहीको कारण पक्राउ परेको अभियुक्त फरार भएपछि जिल्लामा धेरै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0