<

जनकपुरधाम । मधेस प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सोहन कुमार शाह नियुक्त भएका छन् ।

विहिबार मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टी निकट मानिने शाहलाई उपाध्यक्ष नियुक्त गरेका हुन् ।

शाहले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट स्कुल अफ सोसल साइन्स अन्तर्गत विज्ञान नीति अध्ययनमा विद्यावारिधि गरेका छन् ।

शाह तत्कालीन जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारको बेला योजना आयोगको सदस्य थिए । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0