<

काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका-४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै तनहुँमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दिपुर गाउँपालिका-१ नाहाला बस्ने ५९ वर्षीय बम बहादुर कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कुँवरले ती बालिकालाई आइतबार दिउँसो ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0