<

लमजुङ । पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा ठूलो ढुंगागासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

खरखरेभीरमा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको र बाटोमा पर्ने अक्टोपस झरनामा पानी बढेपछि आवागमन रोकिएको लमजुङ प्रहरी कार्यालयका सूचना अधिकारी  प्रहरी निरीक्षक थानेश्वर चपाईंले बताए।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0