<

आरके श्रीवास्तव,राैतहट,०५ गते असार ।
रौतहटकाे कटहरिया नगरपालिकाले बजेट ल्याएको छ । बुधबार कटहरिया नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । कटहरिया स्थित नगरपालिकाकाे प्रांगणमा बजेट अधिवेशन बाेलाईएकाे थियाे । नगर प्रमुख अजय प्रकाश प्रकाश जयवालकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।

नगरसभाकाे १० अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर कटहरिया नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट कटहरिया नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे । नगर प्रमुख जयसवाल र प्रमुख प्रशाकिय अधिकृत सुरेन्द्र प्रधानले निति तथा कार्यक्रम वाचन गरेर सुनाएका थिए ।

नगरकाे चौतर्फि विकासकाे लागि यसै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४६ करोड ६२ लाख ५४ हजार रुपैयाँकाे बजेट पारित गरिएकाे नगर प्रमुख जयसवालले जानकारी गराउनु भयाे । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगायतकाे विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको जयसवालले बताए ।

साे नगरपालिकाकाे संघिय वितिय समानीकरण अनुदान ११ कराेड ५२ लाख,संघिय राजश्व बाँडफाँड १० कराेड ११ लाख ,संघिय सशर्त अनुदान चालु १८ कराेड ४३ लाख २९ हजार,संघिय सरकार सशर्त पुँजिगत ३ कराेड ६६ लाख २५ हजार,संघिय सरकार समपुरकमा अनुमानित ५० लाख,वित्तीय समानिकरण प्रदेश सरकार ९० लाख,विशेष अनुदान प्रदेश सरकार २० लाख र आन्तरिक राजस्व १ कराेड
गरि कुल ४६ कराेड ६२ लाख ५४ हजार बजेटकाे आयकाे प्रक्षेपण गरिएको छ ।

कार्यक्रम सञ्चालन अनिल निधिले गर्नु भएको थियाे । साे अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष भूपेन्द्र महताे काेईरी,वडा नम्बर ३ का वडा अध्यक्ष श्याकान्त यादव,वडा नम्बर ६ का वडा अध्यक्ष जयराम चाैधरी,वडा नम्बर ८ का वडा अध्यक्ष समिश बिक्रम शाह,वडा नम्बर ९ का वडा अध्यक्ष रूपेश यादव,कार्यपालिका सदस्य मनाेज कुमार जयसवाल सहित जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0