<

रौतहट ४ असार । हिन्दु तथा मुस्लिमहरुको विभिन्न पर्वमा स्थानीय सरकारले महिलाहरुलाई साडी वितरण गर्ने रौतहटमा होडबाजी नै रहेको छ । साडी वितरणको पछाडी स्थानिय सरकारका प्रमुख र प्रमुखप्रशासकियअधिकृतहरुको व्यक्तिगत स्वार्थका कारण पनि यो चलन मौलाएको देखिएको छ ।

रौतहट जिल्लामा रहेका अधिकांस स्थानीयतहले हिन्दु र मुस्लिमहरुको विभिन्नपर्वको नाममालाखौं लाख मुल्यको साडी वितरण गरी आफुलाई विकास पुरुष हो भन्ने छाप छाड्न साडी वितरण गर्ने गरेका र पछि सोहि साडीमा व्यापक भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।
यहाँकाअधिकांस स्थानीय तहले गौरमा रहेको चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्स बाट २५ लाखभन्दामाथि एक एक स्थानीयतहले साडी खरिद गरेको महालेखा परिक्षणको रिपोर्टमा देखिएको छ । माथि उल्लेखित फर्महरुले स्थानीय तहलाई बिक्री गरेको साडिको संख्यालाई हेर्ने हो भने विक्रेताले आयात गरेको संख्याको दोबर भन्दामाथि रहेको गौर भन्सारको तथ्यांकबाट प्रष्ट हुन्छ ।

सदरमुकाम गौर लगायतकाबजारमा रहेका यी फर्महरुले अधिकांस साडी  भारतबाट खरिद गर्ने गरेका छन्,  जुन विभिन्न सिमावर्ती नाकाहरुबाट भन्सार छली गरेर यी व्यापारीक प्रतिष्ठान सम्मआई पुगेका हुन्छन् । यसरी भारतबाट भन्सार छलेर नेपाल ल्याइएका ४ देखि ६ सय सम्म मुल्यका भारतीय साडीलाई चुकि ईन्टरप्राईजेज, ओम साई जनरल एण्ड अर्डर सप्लायर्स, अमान टे«डर्सले १४ सय देखि २ हजार सम्मको बिल बनाई स्थानीयतहका जनप्रतिनिधिहरुसंग मिलेर व्यापक भ्रष्टाचार गरेका पाइएको छ । स्थानीय तहले खरिद गरिएको साडीका यी व्यापारी प्रतिष्ठानहरु फेरी बजारमा खोज्दा कतै नभेटिने गरेको स्थानीयहरूले बताएका छन् ।

कुनै कुनै स्थानीयतहले खरिद गरेको साडीको संख्यालाई विस्तृत रुपमा अनुसंधान गर्ने हो भने सो पालिकामा रहेको महिला संख्याभन्दाअधिक रहेको समेत भेटिएको छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रवक्ता नरहरी घिमिरेले आफुहरु सो विषयमा छानबिन गरी दोषि भेटिए कारवाहि गर्ने प्रतिबद्धता जनाएका छन् ।

न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0