Akash Madhwal of Mumbai Indians celebrates the last wicket and the win during the Eliminator match of the Tata Indian Premier League between the Lucknow Super Giants and the Mumbai Indians held at the MA Chidambaram Stadium, Chennai on the 24th May 2023 Photo by: Ron Gaunt / SPORTZPICS for IPL
<

काठमाडौं, ११ जेठ ।
चेन्नई– लखनऊ सुपर जाइन्टस आईपीएल–२०२३ को उपाधि दौडबाट बाहिरएको छ । बुधवार राति एमए चिदम्बरम स्टेडियममा आयोजित एलिमिनेटर प्रतिस्पर्धामा लखनऊलाई मुम्बई ईन्डियन्सले ८१ रनले पराजित गर्यो ।

यो खेलमा लखनऊले जीतका लागि १८३ रनको लक्ष्य पाएको थियो, जसलाई पछ्याउने क्रममा पुरै टीमा १६।३ ओभरमा १०१ रनमै समेटियो ।

 

मुम्बईको जीतको हीरो तिब्र गतिका बलर आकाश मधवाल रहे, जसले पाँच रन दिएर पाँच विकेट लिन सफल भए । २९ वर्षीय मधवाल भारतको उत्तराखण्डका लागि घरेली क्रिकेट खेल्छन् ।

यो जीतसंगै रोहित शर्माको नेतृत्वमा रहेको मुम्बईले क्वालिफायर–२ मा समेत आफ्नो स्थान सुरक्षित गरेको छ, जहाँ यो टीमको सामना भोलि शुक्रवार गुजरात टाइटन्ससंग हुनेछ ।

क्वालिफायर–२ को विजेता टीमले फाइनलमा स्थान सुरक्षित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्ससंग भिड्ने छ । क्वालिफाइर २ तथा फाइलन खेल ९जेठ १४ गते आइतबार० अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने छ ।

 

१८३ रनको लक्ष्य पछ्याउने क्रममा लखनऊको सुरुवात राम्रो हुन सकेन । आकाश मधवालले इनिङको दोस्रो ओभरमै ओपनर प्रेरक मान्कण्डलाई ऋतिक शौकिनको हातबाट क्याच गराए ।

त्यसपछि चौथो ओभरमा काइल मेयर्स १८ रन बनाउँदै आउट भए । २३ रनको दुई विकेट गुमेको अवस्थामा मार्कस स्टोइनिस तथा कप्तान क्रुणाल पाण्ड्याले ४५ रनको साझेदारी गर्दै इनिङलाई सम्हाले ।

यद्यपि, यो साझेदारीको क्रममा क्रुणाल ९८ रन, ११ बल० ले खासै योगदान दिन सकेनन् । पीयूष चावलाले उनलाई आउट गराए । क्रुणाल आउट भएपछि लखनऊले आकाश मधवालको एउटा ओभरमा लगातार बलमा विकेट गुमायो । मधवालले पहिला आयुष बदोनीलाई बोल्ड गरे, त्यसपछिको बलमा निकोलस पूरनलाई पनि आउट गरे ।

त्यसपछि मार्कस स्टोइनिस दुर्भाग्यशाली तरिकाले रन–आउट भए । स्टोइनिसले २७ बलमा ४० रन बनाए ।

यहाँबाट लखनऊको जीत करिव असम्भव देखिएको थियो । कृष्णाप्पा गौतम तथा रवि बिश्नोईले रन–आउट हुँदै आफ्नो टीमलाई प्रतियोगिताबाट बाहिर पठाए ।

मुम्बईको तर्फाबाट आकाश मधवाले ३।३ ओभरमा पाँच रन दिएर पाँच विकेट लिए भने पीयूष चावला तथा क्रिस जोर्डनलेपनि एक–एक विकेट लिए । लखनऊका तीन खेलाडी रन–आउट भए ।

त्यसअघि मुम्बई इन्डियन्सले लखनऊ सुपर जाइन्ट्सविरुद्ध विशाल योगफल तयार पारेको थियो । मुम्बईले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतीमा १८२ रन बनाउन सफल भयो ।

मुम्बईका लागि क्याम्रुन ग्रीनले सर्वाधिक ४१ रनको योगदान दिए भने सूर्यकुमार यादवले ३३ रन बनाए । मुम्बईका अन्य खेलाडीहरुमध्ये ईशान किसनले १५ रन, रोहित शर्माले ११ रन, टिकम वर्माले २६ रन, टिम डेविडले १३ रन, नेहाल वाडेराले २२ रन तथा क्रिस जोर्डनले चार रनको योगदान दिए ।

लखनऊका नवीन उल हकले सर्वाधिक चार विकेट लिए भने यश ठाकुरले तीन तथा मोहसिन खानले एक विकेट लिए । कलाकर्मी डट कम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0