<

राैतहट,०३ गते असार । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट उद्योग वाणिज्य संघ गठन भएको छ । साेमबार साे पार्टीकाे भातृसंगठनकाे रूपमा खाेलिएकाे हाे । जसकाे संयाेजकमा रौतहटका साजन कुमार जयसवाल रहेका छन् । जयसवालकाे संयोजकत्वमा ६४ सदस्यीय कार्यसमिति गठन पनि गरिएको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हाे । गठित समितकाे सदस्यहरूमा बैधनाथ प्रसाद,प्रदिप कुमार गुप्ता,प्रेम साह,प्रदिप थापा लगायतका ६४ व्यक्तिहरू रहेका छन् । यसैबिच आम जनता पार्टीका अध्यक्ष साहले जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्णमा एकमुष्ट बधाई सहित सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।Open photoOpen photoOpen photo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0