<

राैतहट,०३ गते असार ।

रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज नगर प्रमुख विनोद प्रसाद कुर्मीले वडा कार्यालय भवनको शिलान्यास गर्नुभएको छ। सो नगरपालिकाको वडा नं.–३ मा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । बिश्रामपुर मठ बजारको ट्रस्टबाट सेवाको प्रवाह हुदै आइरहेको वडा कार्यालयको अब आफ्नै भवन निर्माण हुन लागेको हो। नयाँ बन्न लागेको वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमका बिच वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मीले शिलान्यास गर्नुभयो । त्यस अवसरमा नगरप्रमुख कुर्मीले नगरपालिका सधैँ नागरिकको पक्षमा रहेको बताउनुभयो । उहाँले नागरिकको हितविपरीत नगरपालिकाले कुनै पनि कार्यक्रम नगरेको बताउनुभयो । त्यसैगरी निर्माण गर्ने उपभोक्ता समितिलाई समयमै गुणस्तरीय सहित वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विगका दिनमा निर्वाचित भएका जनप्रतिनिधिले पाँच वर्षसम्म वडा कार्यालयलाई आफ्नै निजी निवासमै राखेर काम गरेको र नयाँ जनप्रतिनिधिको अवधिमा पनि वडा कार्यालय भवनको निर्माण न भएको गुनासो सुनेपछि नगर प्रमुख कुर्मीले आफ्नो नगर स्तरीय योजनाको ३० रकमबाट सो वडा कार्यालय भवन बनाउन लागेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0