<

काठमाडौं,०३ गते असार । काठमाण्डौमा आज दोश्रो दिन पनि कवाड व्यवसायीहरुले महानगरपालिकाको डोजर आतंकको विरुद्ध बिशेष प्रदर्शन गरेको छ । Open photoअदालतको आदेश विपरित कवाड व्यवायीहरुमाथि महानगरपालिकाले तोड़फोड़ गर्न थालेपछी कवाड संघर्ष समितिले आन्दोलनको घोषणा गरेकोछ । Open photoकवाड संघर्ष समितिका नेता रामकेवल साह, संजय साह, सरोज श्रेष्ट लगायतका नेतृत्व एवं आजपाको प्रवक्ता चन्द्रभुषन साह लगायत आजपा नेताहरुको बिशेष सहभागितामा प्रदर्शन भएको छ । Open photoउक्त प्रदर्शनमा “छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर” जस्ता नाराहरु लगाईएको थियो । साे कबाड व्यवसायीको आन्दोलनका जायज मागहरुलाई तुरुन्त सम्बोधन गर्न आजपा अध्यक्ष प्रभु साहले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0