<

रौतहट,०३ गते असार ।

रौतहट कटहरिया नगरपालिका वडा नम्बर ८ पिप्रा पोखरियामा आज नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धी समता र पहुुँच कार्याक्रम सम्पन्न भएको छ । सो वडा अन्तर्गत रहेको आधारभूत स्वास्थ्य केन्द्रमा एक दिने कार्यक्रम सम्पन्न भएको छ । Open photoकेन्द्रका इन्चार्ज शिवपुुकार रायको अध्यक्षतामा सोमबार एक दिने गोष्ठी आयोजन गरिएको कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकर यादवले जानकारी गराए । उनले भने,बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने उदेश्यले कार्यक्रम आयोजन गरिएको हो । Open photoकटहरिया नगरपालिकामा एक मात्र बर्थिङ्ग सेन्टर रहेकोमा त्यहाँ पहुुँच कम भएको ठाउँहरुमा यो कार्यक्रम आयोजन गरिएको यादवले बताए ।Open photo कटहरिया नगरभरिको वडा नम्बर १,३,६,८ र ९ मा यो कार्यक्रम भएको उनको भनाइ छ । उनले समुदायस्तरमा रहेको बाल मृत्युुदर र मातृ मृत्युदर न्युनीकरण गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।Open photo कार्यक्रममा कटहरिया नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक दिनेश प्रसाद यादवले बाल मृत्युुदर र मातृ मृत्युदर कम गर्ने लगायतका विषयमा सहजीकरण गरेका थिए ।Open photo उनले सहभागीहरुलाइ स्वास्थ्य संस्थामै जाँच गराउनुु पर्ने,कुनै पनि रोग भए तुुरन्त जाँच गराउनुु पर्ने,बच्चाको एकीकृत जाँच, पखाला, ज्वरो ,कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ ,निमोनिया ,झाडापखाला र जुकाको औषधी बारेमा बताएका थिए ।Open photo निमोनिय र झाडापखाला बाट नेपालमा पाँच वर्ष मुनिका बच्चाहरु १ वर्षको अवधीमा ४० हजारको मृत्युु हुने गरेको कार्यक्रममा जानकारी गराइएको थियो ।Open photo यस्तो भयावह तथ्यांक बाहिर आइरहँदा यो दर कम गर्न नवजात शिशुु तथा बालरोगको एकीकृत व्यवस्थापन सम्बन्धि कार्यक्रम सरकारले राखेको हो । सो कार्यक्रममा कटहरिया नगरपालिकाका अहेव सुरेश कुमार साह सहित स्थानिय दर्जनौं महिलाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0