<

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0