<

काठमाडौँ । डेनमार्क जारी युरोकपको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा डेनमार्कलाई स्लोभेनियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

डेनमार्कका लागि खेलको १७औ मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ७७औं मिनेटमा स्लोभेनियाका एरिक जान्जाले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यो बराबरीपछि दुवैले एक एक अंक हासिल गरेका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0