<

राैतहट-पेट्रोल पम्पहरु बन्द भएपछि बोतलमा कारोबार फस्टाएको छ । घुम्ती तथा किराना पसलमा बोतलमा राखेर पेट्रोलको कारोबारमा व्यापक बृद्धि भएको छ । पेट्रोलियम ढुवानी मजदुरले श्रम ऐनअनुसार तलब र अन्य सुविधाका साथै विभिन्न मागहरु राखेर आइतवारदेखि आन्दोनलमा उत्रिँदा त्यसको सोझो असर पेट्रोल पम्पमाथि परेको छ ।Open photo सोमवार बिहानदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको र सोमवारदेखि नै पेट्रोलियम ढुवानी मजदुरहरुको आन्दोलन सुरु भएकोले पेट्रोल पम्पका मालिकलाई मौकामा चौका भएको छ । सर्लाही र रौतहटका करिब सबै पेट्रोल पम्ले पेट्रोल छैन भनिरहेका छन् । करिब करिब पेट्रोलको कारोबार ठप्प भएको छ । Open photoसर्वसाधारण ग्राहकले पेट्रोल नपाएपछि बोतलको पेट्रोल किन्न बाध्य भएका छन् । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि घुम्ती तथा किराना पसल र अन्यत्र बोतलका कुनै कमी छैन । सरकारले बोतलमा पेट्रोल बेच्न पूर्ण रुपमा रोक लगाएको भए पनि बोतलमा पेट्रोल बेच्न रोकिएको छैन । Open photoपेट्रोल पम्पका मालिकहरुले पेट्रोल लुकाएर सर्वसाधारणलाई बेचिरहेका छैनन् । रौतहटको माधव नारायण नगरपािलका ५ का उपभोक्ता ओमप्रकाश यादवले पेट्रोल पम्पवालाहरुले भाउ घटेको समया जहिले पनि नाटक देखाउने गरेको आरोप लगाउँछन् ।Open photo जहिले पेट्रोलको भाउ घट्छ तहिले अभाव देखाएर सर्वसाधारणबाट ठुलो रकम बोतल बिक्रेताको हातमा जाने गरेको छ । रौतहट र सर्लाही लगायत सबै ठाउँको पेट्रोल पम्प बन्द भएपछि घुम्ती तथा पानको दोकानबाट सर्वसाधारण प्रति बोतल २०० रुपैयामा किन्न बाध्य भएका छन् ।Open photo कतिपय पेट्रोल पम्पको छेउमै रहेको किराना, घुम्ती तथा पान दोकानमा बोतलमा पर्याप्त पेट्रोल पाइरहेको छ तर पेट्रोल पम्पमा भने लेखिएको छ – पेट्रोल छैन । रौतहटको कटहरिया नगरपालिका ३ का चन्दन यादवले पेट्रोल पम्पहरुले सर्वसाधारणलाई नदिने तर बोतलमा राखेर बेच्नेलाई पेट्रोल उपलब्ध गराउने गरेको आरोप लगाउँछन् ।Open photo एक लिटरको बोतल भनिए पनि साढे आठ सय मिलिलिटरदेखि साढे नौ सय मिलिलिटरसम्मको बोतल हुन्छ । एक लिटर भनेर उपभोक्ताले किनेको पेट्रोलको नापमा कम हुने र निकै महँगोमा किन्नु पर्ने भएकोले उपभोक्ताहरु दोहोरो मारमा परिरहेका छन् ।Open photo स्थानीय प्रशासनले बोतलमा पेट्रोल बेच्नेमाथि कारबाही गर्नुपर्ने माग उपभोक्ताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0