<

रौतहट,२ गते असार।

रौतहटको फतुुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहामा रहेको श्री माध्यमिक बिधालयमा सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । राम्रो शौचालय नहुँदा विद्यार्थीहरुले सास्ती खेप्दै आइरहेका थिए । सोको मध्य नजर गरि प्रधानाध्यापक अनिल यादवले प्रदेश सरकारको सहयोगमा शौचालय बनाउन लागेका हुन् । सामुदायिक विद्यालयमा शौचालयहरुको उचित व्यवस्थापन नहुँदा बिधार्थीलाइ सधैं सकस हुने गरेको थियो । सामुदायिक विद्यालयमा राम्रो शौचालय नभएपछि विद्यार्थीहरु खुलाचौर कुना कप्चा तथा घरमै पुगेर शौच गर्न बाध्य छन् । अब उपरान्त सो समस्या हट्ने भएको प्रअ यादव बताउँछन् । भनिन्छ कुशल नेतृत्व भयो भने जहाँ बाट भएपनि पहल गरेर व्यवस्थापन गर्ने गर्छन् । जसको प्रत्यक्ष उदाहरण हुन् श्री मावि टेंग्राहाका प्रधानाध्यापक यादव जसले आफैं पहल गरेर सुविधा सम्पन्न शौचालय निर्माण गराइरहेका छन् । व्यवस्थित शौचालय नहुँदा विद्यालयको वातावरण नै दुर्गन्धित भएको विद्यार्थीहरुको गुनासो गर्दै आएका थिए । खानेपानी सहितको सुविधा सम्पन्न शौचालय निर्माण हुन थाले पछि बिधार्थीहरु हर्षित भएको प्रधानाध्यापक यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0