<

धादिङ । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा अर्को सवारी साधन भेटिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा अर्को बस भेटिएको हो । प्रहरीले अहिलेसम्म २ शव समेत फेला परेको बताएको छ ।

अहिले पुरिएको अवस्थामा रहेको बसको केहि भाग मात्र देखिएकोले कस्तो बस हो भन्ने बारेमा केहि बेरपछि जानकारी हुने भएको छ ।

शुक्रबार गोरखाबाट काठमाडौँका लागि हिडेको यात्रु बस र शुक्रबार नै चितवनबाट काठमाडौँका लागि हिडेको माइक्रो बस सहिलेसंम सम्पर्कविहिन भएको बताइएको छ ।

बस र माइक्रोको खोजी जारी रहेको र झयाप्ले खोलामा सवारी साधन पुरिएको अवस्थामा भेटिएकाले यहि पहिरोमा परेको हुनसक्ने आशंका गरिएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0