<

रौतहट,०१ गते असार ।

रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ मा रहेको श्री प्राथमिक बिधालय बसन्तपट्टीमा आज बिधालय व्यवस्थापन समिति गठन गरिएको छ । सो बिधालयका अभिभावकहरुको एक भेलाले सर्वसहमती रुपमा नयाँ बिधालय व्यवस्थापन समिति चयन गरेको हो । बिधालयको नयाँ अध्यक्षको रुपमा स्थानिय रामपुुकार पटेललाइ सर्वसहमतीले चुनिएको परोहा नगरपालिकाका शिक्षा शाखा प्रमुख संतोष पटेलले जानकारी गराएका हुन् । शनिवारका दिन नयाँ समिति चयनका लागि अभिभावक भेला बोलाइएको थियो । भेला बाट अध्यक्ष बाहेक सदस्य पदमा चयन हुनेहरुमा विन्दु देवी,कोमल कुुमारी पटेल ,संजय पटेल र सुुबोध पटेल रहेको प्रधानाध्यापक रिता देवी पटेलको बताइन् । सो अवसरमा वडा अध्यक्ष रामविलास राउत कुर्मी लगायत बिधालयका अभिभावकहरु ,स्थानिय भद्रभलादमी, सुरक्षाकर्मी,पत्रकारको उपस्थिती रहेको स्थानिय पत्रकार कमल यादवले जानकारी गराएका हुन् । परोहा नगरपालिकामा धार्मिक र सामुदायिक गरि कुल २२ वटा वटा बिधालय रहेकोमा १० वटामा विधालय व्यवस्थापन समिति चयन भइसकेको शिक्षा शाखा प्रमुख पटेलको भनाइ छ । बाँकी रहेका बिधालयहरुमा विव्यस गठन गर्ने प्रक्रिया जारी रहेको बताए । सो नगरपालिकामा ४ वटा धार्मिक बिधालय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0