१ असार, महोत्तरी
जनप्रतिनिधिहरुले जनतालाई उधमसिल वनाउने प्रयास असफल भएको वताएका छन ।
सामुदायिक विकास तथा पैरवी मंच नेपाल र इसिमोडको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरुविच भएको अन्तर्कृयामा सीप सिकाएर पनि उधमसिल वनाउन नसकिएको गुनासो गरेका हुन ।
भंगाहा नगरपालिकाका नगरप्रमुख सन्जिव साहले सर्वसाधारणहरुलाई हरेक हिसावले उधमशिल वनाई आत्मनिर्भर वनाउने योजना महत्वपूर्ण भएतापनी लाभान्वित गर्न नसकिएको स्विकार गरे ।
`हामीले महिला र पुरुषका लागि छुट्टाछुट्टै सीप विकासका कामहरुलाई निरन्तरता दिदै आएका छौ ।´ नगरप्रमुख साहले भने । `तर तालिम लिएको भोलिपल्टवाट नै त्यो सकिन्छ, व्यवहारमा उतारेको र आर्थिक उपार्जनमा जोडेको कम नै देखिन्छ ।´
सिपलाई व्यवहारमा उतारी स्थानिय उत्पादनलाई प्रातमिकता दिने हो भने पर्ययकिय हिसावले समेत पर्वद्वन हुने जिकिर गर्दै गैरसरकारी संस्थाहरुले स्थानिय सरकारसँग सहकार्य गरेर योजना वनाउनुपर्नेमा उनिहरुले जोड दिएका छन ।
इसिमोडका सहजकर्ता सिजन श्रेष्ठले महिला तथा गृहणीहरुलाई उधमशिल वनाउन नयाँ ढंगले अगाडि बढनुपर्ने वताउदै सप्तरी, धनुषा र महोत्तरीमा फरक कार्ययोजनना वनाईरहेको वताए ।
वासवाट ब्रस, धुप र स्थानिय वस्तुहरुलाई पर्वद्वन गर्ने अभियान अन्तर्गत बजारको समेत सुनिश्चितता गरेर सारिरिकरुपमा आशक्त र महिलाहरुलाई सहभागी गराईरहेको उन्को भनाई छ ।
हाईग्रीड परियोजना अन्तर्गत बाढी पुर्व सुचनामा समेत काम गरिरहेको इसिमोडले सामुदायिक विकास तथा पैरवी मंचको साझेदारीमा महोत्तरीमा विपन्नहरुलाई आत्मनिर्भर वनाउन विभिन्न काम गरिरहेको छ ।
सामुदायिक विकास तथा पैरवी मंचका अध्यक्ष नागदेव यादवले नगरका टोल र बस्तिहरुलाई उधमशिल वनाएर आर्थिक आधार तयार गर्नुपर्ने सुझाव दिए ।
जनकपुर उपमहानगरपालिका, मिथिला नगरपालिका, बर्दिवास नगरपालिका र भंगाहा नगरपालिकाका योजना प्रमुख,प्रमुख प्रशासकिय अधिकृत, उपमेयर र नगरप्रमुखहरुको उपस्थितिमा भएको उक्त अन्तर्कृयामा सहभागीहरुले तालिमको नाममा खर्च मात्र भएको वताएका थिए ।न्युज कारखाना