<

 

सिमरा, ९ जेठ

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेको प्रहरीको भनाइ छ ।

बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0