<

रौतहट,२५ जेठ । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहिन भएको बताएका छन् ।

नगर प्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहिन भएको र सडकमा नै जलासय बनेको कारण तुरुन्त सच्चाउन निमार्ण कम्पनीलाइ निर्देशन दिनुभएको छ । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उहाँले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।

चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको विहिबार स्थलगत निरिक्षण गर्दै उहाँले उतm निर्देशन दिएका छन् । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरवाहि भएको जनगुनासो आएपछि आफु स्थलगत निरिक्षणका लागि आएको उनले बताए ।

सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भएपनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफु अनुगमनमा आएको  बताए ।

नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यदपी प्राविधिक तथा ईन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उनको तर्क छ । जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाईएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरवाहि तरिकाले काम भएको आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरुलाई सम्झाउँदा समेत वेवास्ता गरेको उनको आरोप छ ।

जुडिबेलाको प्रवेशद्धार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे,नयाबस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार ब्यबस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाको लागतमा बिनायक ÷ प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ । सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएतापनि निमार्ण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयामा सकार गरेको छ । अहिले सोहि अन्तर्गत जुडिवेला प्रवेशद्धारबाट कालो पत्रे सडक निर्माण कार्यले तिव्रता पाएको हो ।

दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि आन्तिम चरणमा पुगेको ठेकेदार निमार्ण कम्पनीले जनाएको छ । सहरी बिकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निमार्ण कम्पनीले सो योजना आउदो २०८१ असोज १५ गते भित्र निमार्ण गरिसक्नुपर्ने छ ।

चन्द्रपुर नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका ईन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गरेका हुन् ।

अनुगमनमा पुगेको टोलीलाई स्थानियले सडक निर्माणका क्रममा भएको त्रुटी वा कमिकमजोरीको बारेमा बताएका हुन् ।चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्रथामिकता दिदै आएको जनाएको छ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0