<

काठमाडौँ । आगामी साउन १८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मोदीबेनी’को ‘क्यारेक्टर’ पोस्टर सार्वजनिक गरिएको छ ।

फिल्मकी अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठलाई समेट्दै सार्वजनिक दुईवटा छुट्टाछुटै पोस्टरले उनीहरुको फिल्मको चरित्रचित्रण गरेको छ । वर्षालाई पोष्टरमा रिसाएको भावमा प्रस्तुत गरिएको छ भने अमर एक्सनको अवतारमा देखाइएको छ ।

शङ्कर कोइरालाले निर्देशन गरेको यस फिल्ममा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई, सरोज अर्याल, दीलिप केसी, लाबिस, अनामिका लामिछाने लगायतको फिल्ममा अभिनय छ । यस फिल्मबाट रेजिनाले ९ वर्षपछि कमब्याक गरेकी हुन् ।

कुशल सम्पादक रहेका कोइरालाको फिल्म निर्देशनमा यो डेभ्यु फिल्म हो ।

पर्वत जिल्लाको धार्मिक क्षेत्र मानिने मोदीबेनीमा घटेको एउटा अविश्वसनीय घटनामा आधारित भएर फिल्म बनाइएको बताइएको छ फिल्ममा आनन्द बिक्रम क्षेत्रीको कथा, पटकथा र संवाद छ ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यस फिल्मको निर्माता दीलिप केसी हुन् भने सह-निर्मातामा हरि श्रेष्ठ छन् । फिल्ममा भरत रेग्मीको सम्पादन रहेको छ भने फिल्मलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका तथा एफडीले उपत्यकाबाहिर वितरण गर्दैछन् ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0