<

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ ७ गते सुनको  मूल्य  हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको  मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0