<

मधेश ब्यूरो,१५ गते जेठ । दाइजो प्रथा रोक्न स्थानिय सरकारले ऐन कानुन बनाउनुु पर्ने माग गरिएको छ । रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया टोलमा आयोजित एक कार्यक्रमका सहभागी महिला–पुुरुषहरुले एक स्वरमा यस्तो आवाज उठाएका हुन् । पछिल्लो समय मधेश प्रदेशमा दाइजोकै कारण हत्या,हिंसाको घटना बढदै गएको भन्दै स्थानियहरुले जोडदार रुपमा यस्तो माग गरेका हुन् ।Open photo “छोरा छोरी बराबरी,बीस पारी बिहेवारी” भन्ने मूल नाराका साथ युवा क्लबको नेतृत्वमा वडास्तरीय सचेतना अभियानमा आज सहभागीहरुले दाइजो प्रथा दिनदिनै बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै स्थानिय सरकारले ऐन कानुन नबनाए सम्म यसलाइ नियन्त्रण गर्न नसकिने उनीहरुको ठहर थियो । Open photoदहेज मुक्त समाज निर्माणका लागि स्थानिय सरकारको अहम भूमिका रहेकोले यस प्रति जनप्रतिनीधीहरुले गम्भिरताका लिनुुपर्ने सुुझाव दिएका छन् । देशमा तीनै तहको सरकारबाट दाइजो प्रथा हटाउन प्रभावकारी कानुन आउनुपर्ने सहभागीहरुको जोड थियो । महिला हिंसाको प्रमुख कारण नै दाइजो प्रथा भएकोले यसलाइ जराबाटनै उखालेर फाल्नुुपर्ने धारणा राखेका थिए । यूएसआइडि र केयर नेपालको आर्थिक सहयोगमा र नेपाल यूवा संस्था संजालको सहजीकरण भएको कार्यक्रममा संस्थाका फोकल पर्सन आनन्दी प्रसाद यादवले सहजीकरण गर्नुु भएको थियो ।Open photo सो संस्थाले कटहरिया नगरपालिकामा दाइजो प्रथा न्यूनिकरण गर्न र समाजिक परिवर्तन गरि किशोरकिशोरीको प्रजन्न स्वास्थ्य सुुधार गर्ने लक्ष्यका काम गरिरहेको जनसेवा यूवा क्लवका अध्यक्ष रामअधार यादवले जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0