<

 

रमेश कुमार यादव,राैतहट,जेठ ०७ गते

रौतहट जिल्लाको गरूडा नगरपालिकाकाे बसबिट्टी जिंगडियामा रहेको नेपाल पुलिस स्कुलमा स्वागत तथा उद्धघाटन कार्यक्रम सम्पन भएको छ । जिल्लाको गरुडा नगरपालिकाको वडा नम्बर ८ बसबिट्टि जिगडिया अन्तर्गत पर्ने नेपाल प्रहरी स्कुलमा बाहिरबाट आउनु भएका अतिथिहरुलाई स्वागत तथा उद्धघाटन समेत गरिएको छ ।

स्वागत तथा उद्धघाटन कार्यक्रमको प्रमुख अतिथि बिधालयका संरक्षक तथा प्रहरी नायब महानिरिक्षक तथा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख जनक भट्टराई रहनु भएका थियाे भने कार्यक्रमको बिशिष्ट अतिथिकाे रूपमा नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष श्रीमति लक्ष्मी कुँवर रहनु भएको थियो ।

कार्यक्रममा नेपाल पुलिस स्कुलका बिधार्थीहरुले फुलमाला तथा खादा ओढाएर स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले बिधालयमा उपस्थित रहेका सम्पुर्ण बिधार्थी भाईबिहिनीहरुको उज्जवल भविष्यको लागी कामना गर्दै सफलता मिलोस भनि शुभकामना दिनु भएकाे थियाे ।

डिआईजि भट्टराईले भने बिधार्थीहरु हाम्रो देशको कर्णधार रहेको कारण आउँदो दिन यस बिधालयबाट अध्यन गरेर जाने बिधार्थीले देशको कुनै पनि क्षेत्रमा राष्ट्रको मान सम्मान बढाउन हौसला प्रदान गर्नु भएको थियो ।

त्यस्तै सोहि कार्यक्रमको बिशिष्ट अतिथि तथा नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष कुँवरले भने नेपाल प्रहरी कल्याण कोषबाट संचालित बिधालयहरुमध्येबाट मधेश प्रदेश अन्तर्गत रहेको नेपाल पुलिस स्कुल गरुडा रौतहटको योजना अनुरुप एनपिएस स्कील हवको उद्धघाटनले बिधालयमा हुने कार्यक्रमबाट झन सहयोग मिल्ने बताउनु भयो ।

सोहि कार्यक्रम अन्तर्गत बिधालयका गतिबिधिहरुको पनि निरिक्षण समेत गरिएको थियाे । बाहिरबाट आउनु भएका अतिथिहरुलाई मैथिलकलाद्धारा तयार पारिएको बिभिन्न किसिमको तस्बिरहरुको बारेमा जानकारी दिएका थिए भने हाम्रो ठाउँमा लोप हुँदै गईरहेको नेपाली परिकारहरुको पनि बिधार्थीहरुले उजागर गराएका थिए ।

कार्यक्रम प्रमुख अतिथि तथा बिशिष्ट अतिथिले संयुत्त रुपमा एनपिएस एग्रो फार्मको उद्धघाटन गर्नुको साथै १५ प्रकारका बिरुवाहरुको बृक्षारोपन गरेका थिए । स्वागत तथा उद्धघाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडा प्रहरी नायब निरिक्षक ओमप्रकाश पाण्डे ,एक नरायाण काईराला ,जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता उमाशंकर प्रसाद यादब ,नेपाल पुलिस स्कुलका बिधार्थीहरु लगायत पत्रकारहरुको सहभागित रहेको थियो ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0