<

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ३६ हजार ९०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५०  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0