<

राैतहट,१३ गते जेठ । नेकपा एमाले कोशी प्रदेशका प्रदेश सभा सदस्य मिना श्रेष्ठले जब सम्म महिला र पुरुष बीचको समानता कायम नभए सम्म महिला माथि हुने हिंसा विभेदको अन्त्य नहुने बताएका छन्। रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा पत्रकार संग कुरा गर्दै पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव रुपमा काम गरेकी प्रदेश सांसद श्रेष्ठले महिला संग गर्भ देखी नै विभेद हुने गरेको बताए। इटहरी उप महानगर पालिका वडा नम्बर ६ घर भएकी प्रदेश सांसद श्रेष्ठ २०४६ साल देखी राजनीतिक क्षेत्रमा लागेको बताइन। महिला जुन सुकै चुनौतीको सामना गर्न सक्षम रहेको बताउदै अवसर नपाएर महिला पछाडी परेको जिकिर गरे। राजनीतिक क्षेत्रमा आउदा घर परिवार समाजको तिखो आलोचनाको शिकार हुनु पर्ने उल्लेख गर्दै विभेद हटाउन महिला शिक्षित र आत्मनिर्भर हुनु पर्ने धारणा राखे। नेकपा एमाले को बर्गीय संगठन जनसंस्कृतिक मंचको सदस्य बाट राजनीतिक यात्रा शुरु गरेकी श्रेष्ठ वडा कमिटि, नगर कमिटि, क्षेत्रीय कमिटि हुदै जिल्ला कमिटि देखी केन्द्रिय बिभाग सम्मको जिम्मेवारी निर्वाह गरेको बताए। नेपालमा बिभिन्न कालमा भएको संघर्ष, आन्दोलनले सत्ता परिवर्तन भएपनि महिला प्रति हेर्ने दृष्टिकोणमा अहिले सम्म चाहे जतिको परिवर्तन हुन नसकेको भनाइ उहाको रहेको छ। पितृ सतात्मक सोचले जरो गाडेको समाजमा महिला प्रति बिभिन्न बहानामा दमन शोषण विभेद गर्ने कार्य जारी नै रहेको उल्लेख गरे। राजनीतिकमा महिलालाइ धेरै नै समस्याको चुनौतीको सामना गर्नु पर्ने बताउदै प्रदेस सांसद श्रेष्ठले अवसर पाए महिलाले पुरुष जस्तै कार्य गरेर देखाउन सकिने दावी गरे। बुबाको क्रियामा बसेको बेला रौतहट आएकी सांसद श्रेष्ठले विभेद, हिंसा अन्त्य गर्न महिलाले पूर्ण रुपमा सक्षम हुनु पर्ने जरुरी रहेको बताए। कोशी प्रदेश सरकारले महिलालाइ कानुनी रुपमा अधिकार सुनिश्चित गर्नको लागी दलित, मुस्लिम, आदिबासी जनजाती लगायत बिभिन्न जातीय आधारमा आरक्षणको कानुन बनाउन लागिएको जानकारी गराए। प्रदेश सांसद श्रेष्ठले भने आफु राजनीतिकमा आउदा पारिवारिक, सामाजिक आलोचनाको समाना गर्नु परेको थियो महिला हुदैमा यो गर्न पाउदैन त्यो गर्न पाउदैन भन्न नमिल्ने बताए। भनाइमा महिलालाइ सबै क्षेत्रमा सहभागिता हुनु पर्ने भने पनि व्यवहारिक रुपमा कुनै राजनीतिक दलले पूर्ण रुपमा लागु गर्न नसकेको टिप्पणी गरे। राजनीतिक, आर्थिक सामाजिक रुपमा महिला सबल सक्षम र साशक्त नभए सम्म महिला प्रति गरिने विभेदको अन्त्य नहुने तर्क उहाको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0