<

सप्तरी,जेठ १३ गते । सप्तरीको बोदे बर्साईन नगरपालिकाले विभिन्न वडामा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ। नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह लगायतको प्राविधिक टोलीले अनुगमन गरेको हो। टोलीले विभिन्न समस्या बारे सहभागी कामदारसँग छलफलसमेत गरेको छ। छलफलको क्रममा नगर प्रमुख सिंहले आफ्नो पालिकामा ठुलो उद्योग, कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताउनुभयो। उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गर्नुभयो। यसैबिच, नगरपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष धेरै जसो महिला र केहि मात्रामा पुरुष गरी रोजगारी दिएको छ। रोजगार सेवा केन्द्रका शाखाका संयोजक ब्रहम देव यादवका अनुसार पाँच वर्षमा सयौं जनाले रोजगारी पाइसके छन्। पछिल्ला वर्षमा रोजगारी पाउनेको सङ्ख्या घट्दै गएको छ। रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको सङ्ख्या घटाउनुपरेको बोदे बर्साईन नगरपालिकाका रोजगार प्रमुख यादवले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0