<

सर्लाही,१३ गते जेठ । पछिल्लो समय खुला सिमानाकाको फाईदा उठाउँदै भन्सार छल गरि भित्र्याउने समानलाई प्रहरीले पक्राउ गर्न थालेको छ । सर्लाहीमा बिभिन्न बाटो प्रयोग गर्दै भन्सार छल गरेर भित्र्याउँदै गरेको करिव ६ लाख मुल्य बराबरको समान प्रहरीले आईतबार बरामद गरेको छ । प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा, ब्याग, सुटकेश, पेय पदार्थ र किरानाका समानहरु बरामद गरेको हो । २ ओटा भारतिय नम्बरको मोटरसाईकलसहित बरामद समानको मुल्य करिव ५ लाख ९९ हजार ९६५ रुपैँया रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए । बरामद समान आवश्यक कारवाहिका लागी भन्सार कार्यालय मलंगवामा बुझाईएको प्रवक्ता डिएसपी श्रेष्ठले बताए । ३ दिन अघि पनि सर्लाही प्रहरीले करिव साँढे २१ लाख मुल्य बराबरको भन्सार छलिका समान बरामद गरि भन्सार कार्यालय मलंगवामा बुझाएको थियो । जिल्लाका बिभिन्न स्थानमा खटिएको प्रहरीले लत्ता कपडा, कस्मेटिक र किरानाका समानहरु सवारी साधनसहित बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार ५ ओटा मोटरसाईकल र २ ओटा जिपसमेत बरामद गरि करिव २१ लाख ४६ हजार २९५ रुपैँया बराबरको समान भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0