<

 

आरके श्रीवास्तव,राैतहट,१० गते जेठ । 

बज्जिका भाषाका अन्वेषक एवम् साहित्यकार संजय साह मित्र कृत बज्जिका भाषाको पहिलो बुद्ध महाकाव्यको लोकार्पण भएको छ । आज बिहिवार एक कार्यक्रम बीच साे महाकाव्यकाे लोकार्पण गरिएको छ ।

भगवान् गौतम बुद्धको २५६८ औं जयन्तीको अवसरमा आकृति क्रिएसन हेटौडा मकवानपुरको आयोजना तथा बज्जिका साहित्य संगम गरुडा ४ रौतहटको व्यवस्थापनमा साे कार्यक्रम भएको थियोे ।

कार्यक्रममा गौर नगरपालिकाका नगरप्रमुख शम्भु साह कानु, पुर्ब प्रमुख जिल्ला अधिकारी डाक्टर कमलेश्वर प्रसाद सिन्हा,बज्जिका अभियन्ताहरू शिवचन्द्र साह,रामचन्द्र महताे कुशवाहा र शैली देवी ठाकुरले संयुक्त रुपमा महाकाव्यको लोकार्पण गरेका हुन।

मधेस प्रदेशको तेस्रो ठूलाे भाषाकाे रूपमा रहेको बज्जिका भाषाकाे याे महाकाव्य लाेकार्पण कार्यक्रममा वक्ताहरूले साहित्यीक क्षेत्रमा ठूलाे धमाकाकाे संज्ञा दिएका छन् ।

बज्जिका भाषाको विकास संरक्षणको लागि निरन्तर रुपमा कलम चलाउदै आएका संजय साह मित्रले लेखेका पहिलो बज्जिका भाषाको बुद्ध महाकाव्यको लोकार्पण गरिएको हो।

 

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख साहले मातृभाषा बज्जिकालाइ राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले गरिएको यो रचनाले बज्जिका भाषाको विकासमा थप उर्जा प्रदान हुने विश्वास व्यक्त गरेका छन्।

बुद्ध महाकाव्यको रचनाकार संजय साह मित्रले २०७८ सालको कोरोना भाइरसको प्रचण्ड प्रकोपको बेला घरमा बस्नु पर्ने अवस्था सृजनाले रचना गर्ने मनमा जिज्ञासा उठे पछि बज्जिका भाषामा बुद्धको जीवनमा आधारित महाकाव्यको रचना गरेको बताए।

वज्जिका भाषामा बिभिन्न लेख, रचना, कविता, खण्ड काव्य, कहावत, लगायतको रचना गरी सकेका साहित्यकार साहले बज्जिका भाषामा पहिलो पटक महाकाव्यको रचना गरेर पाठक माझ ल्याउन पाउदा हर्शित भएको बताए।

५५ अध्याय २४० पृष्टमा विस्तार गरिएको महाकाव्य बज्जिका भाषिको लागि उपयोगी हुने रचनाकारको विश्वास रहेको छ।

कार्यक्रमकाे अध्यक्षता रामअविकासले गरेका थिए । भने कार्यक्रम सञ्चालन किसुन दयाल यादव गरेका थिए ।

काे हुन् संजय साह मित्र ? 

वि.स.२०३० सालमा साविक गेडही गुठी हाल गरूडा नपा २ मा पिता अच्छेलाल साह र माता अनुरगियादेवी कनुइनकाे काेख बाट जन्मिएका मित्रले नेपाली साहित्य र इतिहासमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन् ।

वि.स.२०६१ सालमा पच्चीस डेङ बज्जिका कविता संग्रह बाट पुस्तक लेखन सुरू गरेका उनको  एक दर्जन कृतिहरू प्रकाशनमा छन् ।

उनलाई दुई वटा ठूलाे उपाधी पनि दिईएकाे छ । २०७७ सालमा बज्जिका समृद्धि समाज सर्लाही द्वारा बज्जिका शिराेमणी र २०७४ सालमा मधेस संस्कृतिक प्रतिष्ठान राैतहट द्वारा मधेशरत्न उपाधी हासिल गरेका छन् ।

उनलाई धेरै पुरस्कारहरू प्रदान गरिएको छ भने दर्जनौं सम्मानपत्र द्वारा सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0