सभामुख घिमिरे नारायणगढ(चितवन) ८ फागुनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे मङ्गलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग समसामयिक विषयमा कुराकानी गर्दै । तस्बिर ः सनद अधिकारी÷रासस
<

काठमाडौँ । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्दै छन् ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखको सचिवालयका अनुसार आजको संसद बैठक संचालनका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुंगो लगाउने छलफल जारी रहेको छ । कार्यादेश टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति बनाए आजको संसद बैठक बिना अवरोध बस्ने देखिएको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0